सहकारी सदस्यहरुवीचको सहकार्यबाट चल्छ । सहकार्य भनेको संगै काम गर्नु हो । सहकारीको एक मात्र लक्ष्य सदस्य हित हो । अतः उपरोक्त लक्ष्य प्राप्त गर्न यस संस्थाका सबै सदस्यहरुले कल्पवृक्ष परिवारसँग सहकार्य गर्ने काममा पछि पर्नु हुन्न । सबैका लागि एक र एकका लागि सबै भन्ने मुल भावनासँग सबै सदस्यहरुले एकाकार हुन सके र सबै सदस्यहरुको मन मिल्नसके जस्तो सुकै अधेंरी रातमा पनि गन्तब्यमा पुग्न सकिनेछ ।

संस्था स्थापना देखिका विभिन्न आरोह अवरोह पार गर्दै संस्थाले भोलिका दिनमा हामीले उत्पादनशील क्षेत्रमा लाग्दै सामूहिक उन्न्तीका लागि कार्य गर्नु पर्ने छ । लाखौंको रोजगारी सिर्जना गरिरहेको र देशको उद्यमशीलतामा अतुलनीय योगदान गरिरहेको सहकारी क्षेत्रको समग्र विकासमा थप सहज नीति नियमको आवश्यकता भए पनि सहकारीका नाममा हुने अस्वस्थ्य प्रतिस्पर्धा र यसलाई हेर्ने दृष्टि भ्रमका कारण आगामी दिनहरु सहकारी क्षेत्रकै लागि चुनौतिपुर्ण छन् तथापी भोलिका दिनमा पनि हामीले थप जिम्वेवारी बोधकासाथ संस्थाको हितमा कार्य गरि समुदायमा आधारित संस्थाको पहिचान निरन्तर बनाई राख्नु आवश्यक छ । नैतिकवान सदस्य, जिम्वेवार संचालक र मिहेनती कर्मचारी संस्था विकासका लागि आधारस्तम्भ हुन् । यसैका आधारमा संस्थाको दिगो उन्नतीका लागि जग बसाल्ने काम भएको र आगामी दिनमा यसलाई निरन्तरता दिंदै सबै सदस्यको हितमा अझ धेरै कार्य गर्नु पर्ने छ । यसका लागि सबैबाट संस्था संधै झै निरन्तर सहयोगको अपेक्षा गर्दछ ।

समाजको पहिलो रोजाई कल्पवृक्ष सहकारी भन्ने नारालाई आत्मसाथ गर्दै  विगत १३ वर्ष देखि निरन्तर बचत तथा ऋणको कारोवार गर्दै आफना शेयर सदस्यहरुलाई उचित प्रतिफल दिने र आत्मनिर्भर बनाउने उद्देश्यसहित अनियन्त्रित वित्तीय बजारको अत्यन्त चुनौतिपूर्ण अवस्थाको सामना गर्दै सबैको साथ मेहनत र योगदानले हाम्रो सहकारीले छुट्टै पहिचान बनाएको अनुभुति भएको छ । जय सहकारी, जय कल्पवृक्ष ।

-अध्यक्ष, तुलसी प्रसाद पोख्रेल