कल्पवृक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना मूल्यवान सदस्यहरूका लागि निम्न कर्जा योजना हरु  उत्पादनहरू उपलब्ध गराउँदै आएको छ l

व्यापार/व्यवसाय कर्जा

सदस्यहरुले कानुनले वर्जित गरेका वाहेक जस्तोसुकै व्यापार व्यवसाय गर्नका लागि यस शीर्षक अन्र्तगत ऋण लगानी गरिनेछ । ऋण लिँदा सम्भव भए सम्म व्यापार व्यवसाय गरेको दर्ता प्रमाणपत्र, आयकर दर्ताको प्रमाण पत्र, कर चुक्ता प्रमाण पत्र, आवश्यक धितो र व्यवसायको लागत विवरण स्वयंले भरी पेश गर्नुपर्ने छ । यसरी लगानी गर्दा व्यवसायमा हुने कूल लगानीको २० प्रतिशत रकम सदस्य स्वयंले लगानी गरेको हुनुपर्नेछ ।

धोगिक कर्जा

सदस्यहरुले सञ्चालन गर्ने व्यावसायिक प्रतिष्ठान, साना तथा मझौला उद्योग र विविध सेवा उद्योगहरु जस्तै पर्यटन सेवा, होटल, स्वास्थ्य सेवा, अस्पताल, क्लिनिक, विद्यालय सञ्चालन आदि उद्योग सञ्चालन गर्नको लागि प्रदान गरिने ऋण औद्योगिक ऋण अन्र्तगत रहनेछन् । यस्तो ऋणमा परियोजनाको न्युनतम २० प्रतिशत सदस्यले लगानी गर्नुपर्नेछ ।

शैक्षिक कर्जा

शैक्षिक ऋण शीर्षक अन्तर्गत सदस्य स्वयं वा परिवारका सदस्यहरुले स्वदेश तथा बिदेशमा अध्ययन गर्नका लागि दिईने ऋण पर्दछ । सदस्यहरुले यस शिर्षक अन्र्तगत ऋण लिँदा अध्ययन गर्ने विद्यार्थीको लागि आवश्यक पर्ने कागजात र अभिभावकको आयस्रोत तथा अन्य आवश्यक धितोको आधारमा ऋण प्रवाह गरिनेछ ।

कृषि कर्जा

यस संस्थाका कृषक सदस्यहरुलाई कृषि खेती तथा पशुपालन व्यवसाय सञ्चालन गर्नका लागि ऋण लगानी गरिनेछ । खास गरि बेमौसमी खेती, तरकारी खेती, फलफूल खेती, गाई तथा भैसी पालन, माछापालन, बाख्रापालन, कुखुरा पालन वा अन्य पशुपंक्षी पालन लगायतका शीर्षकमा ऋण लगानी गरिनेछ । यस परियोजना अतर्गतको ऋण बढिमा ३ बर्षको अवधि रहनेछ । भुक्तानी प्रक्रिया ३ महिनासम्म व्याज तिरे हुने र त्यस पश्चात मासिक किस्ता तिर्नुपर्नेछ । न्यूनतम ५०,००० र अधिकतम १०,००,००० सम्म लगानि हुनेछ, वार्षिक १६ ब्याजदर लाग्नेछ । धितोको हकमा जग्गा र भवन र खाता ग्यारेन्टी हुनुपर्नेछ ।

सवारी साधन खरिद कर्जा  (हायरपर्चेज)

व्यक्तिगत प्रयोजन वा व्यावसायिक प्रयोजनका लागि नयाँ सवारी साधनको हकमा आधिकारिक बिक्रेताबाट दिइएको कोटेशनको आधारमा ५० प्रतिशत सम्म र १० बर्ष नपुगेको पुरानो सवारीको हकमा सवारीको मुल्यांकनबाट आएको मुल्यांकनको ३० प्रतिशत ऋण प्रवाह गर्ने सकिनेछ ।

आवास कर्जा

सदस्यहरुले आफनो आवास प्रयोजनको लागि घर निर्माण साथै घर मर्मत तथा पुन संरचनाका लागि आवास शिर्षकमा ऋण प्रदान गरिनेछ । यो शिर्षक अन्र्तगत ऋण उपभोग गर्ने सदस्यहरुले घरको नक्सा, सम्बन्धित निकायबाट भवन निर्माणको सम्बन्धित इजाजत पत्र, अनुमानित लागत, आवश्यक धितो, आयस्रोत तथा अन्य आवश्यक पर्ने कागजातहरु पेश गर्नुपर्नेछ ।

लघु उधम कर्जा

३ बर्षको अवधि

भुक्तानी प्रक्रिया स् मासिक किस्ता तिर्नु पर्ने

न्यूनतम ५०,००० र अधिकतम १००,०००

वार्षिक १६% ब्याज

धितोस् जग्गा र भवन र खाता ग्यारेन्टी