अध्यक्षको विचारमा:कल्पवृक्ष
सहकारी सदस्यहरुवीचको सहकार्यबाट चल्छ । सहकार्य भनेको संगै काम गर्नु हो । सहकारीको एक मात्र लक्ष्य सदस्य हित हो । अतः उपरोक्त लक्ष्य प्राप्त गर्न यस संस्थाका सबै सदस्यहरुले कल्पवृक्ष परिवारसँग सहकार्य गर्ने काममा पछि पर्नु हुन्न । सबैका लागि एक र एकका लागि सबै भन्ने मुल भावनासँग सबै सदस्यहरुले एकाकार हुन सके र सबै सदस्यहरुको मन मिल्नसके जस्तो सुकै अधेंरी रातमा पनि गन्तब्यमा पुग्न सकिनेछ ।संस्था स्थापना देखिका विभिन्न आरोह अवरोह पार गर्दै संस्थाले भोलिका दिनमा हामीले उत्पादनशील क्षेत्रमा लाग्दै सामूहिक उन्न्तीका लागि कार्य गर्नु पर्ने छ । लाखौंको रोजगारी सिर्जना गरिरहेको र देशको उद्यमशीलतामा अतुलनीय योगदान गरिरहेको सहकारी क्षेत्रको समग्र विकासमा थप सहज नीति नियमको आवश्यकता भए पनि सहकारीका नाममा हुने अस्वस्थ्य प्रतिस्पर्धा र यसलाई हेर्ने दृष्टि भ्रमका कारण आगामी दिनहरु सहकारी क्षेत्रकै लागि चुनौतिपुर्ण छन् तथापी भोलिका दिनमा पनि हामीले थप जिम्वेवारी बोधकासाथ संस्थाको हितमा कार्य गरि समुदायमा आधारित संस्थाको पहिचान निरन्तर...
पुरा पढ्नुहोस्हाम्रो सुबिधाहरु
कर्जा
कल्पवृक्ष साकोसले आफ्ना शेयर सदस्यहरुलाई छोटो तथा लामो अवधिका लागि विभिन्न किसिमका कर्जा सेवाहरु सर्भसुलभ व्याजदरमा प्रदान गर्दै आईरहेको छ ।
बचत
विभिन्न बचत कार्यक्रमहरूमा सहभागी भई सम्पूर्ण सदस्यहरूलाई बचत गर्ने बानीको विकास गर्न संस्थाले विभिन्न नियमित बचत खाताहरू सञ्चालनमा ल्याएको छ ।
रेमिट्यान्स
कल्पवृक्ष सहकारीले विभिन्न आन्तरिक तथा बाह्य रेमिटेन्स सेवा प्रदायक कम्पनीहरुसँग सम्झौता गरी संस्थाबाट रेमिट्यान्स भुक्तानी सेवा ल्याएको बेहोरा जनकारी गराउदछौं ।
प्रबन्धकको भनाई
सहकारी क्षेत्रको संस्थागत विकास, गरिवी निवारण, तथा सहकारी संस्थाका सदस्यहरुको आर्थिक, सामाजिक र सास्कृतिक आवश्यकता परिपूर्तिको लाग रोजगारी सृजना, आम्दानी बृद्धि र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल खेल्न साथै सहकारी क्षेत्रको सस्थागत विकास सहित समाजमा छरिएर रहेको स–सानो पूँजीलाई एकिकृत गर्दै समान आर्थिक हैसियत, समान भावना निमार्ण र स्थानिय समुदायको आर्थिक उन्नती र सहकारीको माध्यमद्वारा राष्ट्र निर्माण सेवा पूराउने उदेश्य र नेपाल सरकारको उदार अर्थ नितिलाई राष्ट्रिय, अन्तराष्ट्रिय सहकारीको मुल्यमान्यता र आर्दशलाई आत्मसाथ गर्दै आएको छ
यस संस्थाले सदस्यहरुलाई विभिन्न प्रकारका बचत योजना, विभिन्न शिर्षकमा कर्जा लगानि तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय रेमिट्यान्स सेवा लगायत सुबिधाहरु प्रदान गर्दै आएको छ र संस्थाले साना उद्यम, कृषि उत्पादन, व्यापार, व्यवसाय सञ्चालन, बाख्रा पालन, कुखुरापालन आदिमा थोरै ऋण लगानी गरी उत्पादनमूलक कार्यमा संलग्न गराउने, सिर्जनशील र आत्मनिर्भर समाज निर्माण गर्ने संस्थाको मुख्य उद्देश्य रहेको छ ।
अर्जुन कुमार पौडेल
प्रबन्धक
दृष्टि
कृषि पर्यटन तथा लघु उद्यम व्यवसाय प्रवर्द्धन, लक्षित सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरण, स्वरोजगार सृजना, सशक्त, सक्षम र समृद्ध समाजको स्थापना र सदस्यहरुको जीवनस्तर उकास्ने ।
लक्ष्य र उद्देश्य
न्यून आयस्रोत र सम्पत्तिविहीन ग्रामीण तथा अर्धशहरी विपन्न समुदायको आर्थिक क्षमता अभिवृद्धि गरी उनीहरूलाई विविध वित्तीय सेवाहरू उपलब्ध गराई उनीहरूको सामाजिक-आर्थिक स्थिति उकास्न र स्थानीय स्रोतसाधनको पूर्ण उपयोग गर्न मद्दत गर्ने ।
सहकारीका सात सिद्धान्त
- ऐच्छिक तथा खुल्ला सदस्यता
- सदस्यहरुको आर्थिक सहभागिता
- स्वायत्तता तथा स्वतन्त्रता
- शिक्षा, तालिम तथा सूचना
- सहकारीहरुबीच सहयोग
- समुदायप्रति चासो
कर्मचारी आवश्यकता