नेपाल सरकारको सहकारी क्रान्तिको वास्तविक भावनालाई सम्मान गर्दै २०६६ सालको फागुन १९ गते ‘समाजको पहिलो रोजाई, कल्पवृक्ष’ भन्ने नाराका साथ तत्कालीन सहकारी ऐन २०४८ अन्तर्गत कल्पवृक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना भएको हो । नेपाल सरकारको सहकारी क्रान्तिको स्प्रिटलाई सम्मान गर्दै कल्पवृक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बजारको सस्तो आश्वासनलाई बेवास्ता गर्दै आफ्ना खाँचोमा परेका सदस्य तथा समाजलाई धेरै आर्थिक अवसर प्रदान गर्दै आएको छ ।
नेपालमा संचालित सहकारी संस्थाहरु माझ सहकारी ऐन, नियमावली, संस्थाको स्वीकृत विनियम, विनियमावलीहरु, नीतिहरु, सहकारीको अन्तर्राष्टिय मूल्य मान्यता र सिद्धान्त तथा बचत तथा ऋण सहकारीको 7 वटा सिद्धान्त अनुसार संचालित यस संस्थाले वित्तीय कारोवारको लामो यात्रा पश्चात बजारमा सदस्यहरुमाझ एक दिगो, भरपर्दो र विश्वासिलो सहकारी संस्थाको रुपमा स्थापित भई बर्तमान परिप्रेक्ष्यमा यदि कसैलाई नयाँ सदस्यता लिनु छ भने मेरो छनौटको पहिलो रोजाई संस्था कल्पवृक्ष सहकारीमा गई जानकारी लिन्छु र सदस्य बन्छु भन्ने इच्छालाई पुरा गर्न र सो छविको ख्यातिलाई उच्च बनाई राख्दै पोखरा अवस्थित सम्पूर्ण बचत तथा ऋण सहकारी संस्थाहरुमाझ सदस्यहरुको छनौटको पहिलो सहकारी संस्थाको रुपमा स्थापित हुनका लागी कल्पवृक्ष सहकारी संस्थाले आफ्नो संस्थागत नारा “समाजको पहिलो रोजाई” भन्नेलाई साकार बनाउने दृढ संकल्पमा प्रतिबद्ध रहेको छ ।
संस्थाको मुख्य उद्धेश्य वर्तमान प्रतिष्पर्धात्मक वित्तीय बजारमा स्वस्थ प्रतिष्पर्धाको माध्यमबाट सदस्यहरुलाई निक्षेपमा आकर्षक व्याज प्रदान गरिएको निक्षेप रकमलाई सदस्य व्यवसायी, उधमी, युवा, महिला, भूमिहीन, घरेलु, साना उधमी, कृषि तथा पर्यटन व्यवसाय प्रवद्र्धनको लागि सुलभ व्याजदरमा छिटो छरितो सेवाको माध्यमबाट कर्जा प्रवाह गरी सदस्यहरुलाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउँदै सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक विकासमा उच्च टेवा पुर्याउँदै र समाजप्रतिको उत्तरदायित्व समेत निर्वाह गर्दै अन्तर्राष्टिय सहकारी मूल्य मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै नेपालको सहकारी ऐन, नियमावली, संस्थाको स्वीकृत विनियम तथा विनियमावलीहरुको अधीनमा रही सदस्यहरुको अधिकतम हित गर्ने उद्धेश्य रहेको छ ।