कल्पवृक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना मूल्यवान सदस्यहरूका लागि निम्न बचत उत्पादनहरू उपलब्ध गराउँदै आएको छ l
साधारण बचत
- शेयर खरीद पश्चात रु १०० ।– को न्यूनतम मौज्दातमा अनिवार्य रुपमा खाता खोलिने छ ।
- भुक्तानी पुर्जाको व्यवस्था हुने ।
- दैनिक मौज्दातका आधारमा व्याज प्रदान गरिने ।
- त्रैमासिक रुपमा व्याजलाई पुँजिकृत गरिने छ ।
मासिक नियमित बचत
- प्रत्येक महिना तोकिएको मासिक बचत रकम अनिवार्य बचत गर्नु पर्नेछ ।
- मासिक रुपमा सदस्यले नियमित रु.१,०००।– जम्मा गर्न सकिनेछ ।
- संस्थाको शेयर सदस्य बनी सकेपछि यो खाता अनिवार्य सञ्चालन गर्नु पर्नेछ तर संस्थागत खाता सञ्चालन गर्ने संस्थालाई अनिवार्य हुने छैन ।
- मासिक बचत जम्मा गरेको ३ /३ वर्षमा जम्मा भएको रकमको ८० प्रतिशत बचत फिर्ता दिईनेछ।
- संस्थाले शेयर थपको आव्हान गरेमा जम्मा बचतको ८० प्रतिशत शेयरमा रकमान्तर गर्न पाईनेछ ।
- आवश्यक भएमा जम्मा भएको रकमको ८० प्रतिशत सम्म निक्षेप ऋण पाईनेछ ।
- दैनिक मौज्दातका आधारमा व्याज प्रदान गरिने ।
- त्रैमासिक रुपमा व्याजलाई पुँजिकृत गरिने छ ।
मुद्धती बचत
- निश्चित अवधिको लागि खाता खोल्न सकिने ।
- रु.१० हजारबाट खाता खोल्न सकिने ।
- मासिक, त्रैमासिक, र एकमुष्ठ व्याज भुक्तानीको व्यवस्था ।
- मुद्धती रसिद निःशुल्क प्रदान गरिने ।
- मुद्धती खाता न्युनतम ३ महिना देखि अधिकतम ५ बर्ष सम्मको लागि खोल्न सकिने छ । सो भन्दा माथिको लागि सञ्चालक समितिले निर्णय गरे बमोजिम हुनेछ ।
- मुद्धति रसिद हराएमा रु.१००।– तिरी प्रतिलिपी उपलब्ध गराईने छ ।
- यस खाताबाट ८० प्रतिशत सम्म ऋण लिन सकिने छ ।
- ऋण रकममा संस्थाले प्रदान गरेको व्याजमा थप २ प्रतिशत व्याजदर लाग्ने छ ।
- यस खाताको भुक्तानी कल्पबृक्ष बचत खातामा रकमान्तर गरी भुक्तानी दिईनेछ ।
आवधिक बचत
- निश्चित समय अवधि तोकि सञ्चालन गर्न सकिनेछ ।
- निश्चित समय पुगे पछि साँवा र व्याज एकमुष्ठ रुपमा भुक्तानी गरिनेछ ।
- यो खातामा दैनिक, साप्ताहिक र मासिक रुपमा जम्मा गर्न सकिने छ ।
- खातामा न्युनतम रु.५०।– देखी जम्मा गर्न सकिनेछ ।
- त्रैमासिक रुपमा व्याज गणना गरिने छ ।
- समय पुगेर रकम निकाले पछि पुन सोही खातामा रकम जम्मा भएमा शुरुको समयमा गरेको सम्झौता अनुसार नै खाता नविकरण हुनेछ र त्यसको लागि पुन नयाँ फारम भर्नुपर्ने छैन ।
- समय अगावै बचत फिर्ता गरिने छैन र बचतलाई आधार मानी ८० प्रतिशत सम्म ऋण पाईनेछ ।
- यो खाता ६ महिना देखी ५ बर्ष सम्मको लागि खोल्न सकिनेछ ।
- यस खाताको भुक्तानी कल्पबृक्ष बचत खातामा रकमान्तर गरी भुक्तानी दिईनेछ ।