कल्पवृक्ष सहकारीको कास्की मोडेल हस्पिटल सँग सम्झौता
कल्पवृक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पोखरा न्यूरोडमा रहेको कास्की मोडल हस्पिटल प्रा.लि बिच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ । दुबै संस्थाका संचालकहरुको उपस्थितिमा कल्पवृक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट अध्यक्ष तुलसी प्रसाद पोख्रेल र कास्की मोडल हस्पिटल प्रा.लि का तर्फबाट अध्यक्ष लेख बहादुर गुरुङ्ग र प्रबन्ध निर्देशक डा.लुनेश्वर आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतापछि कल्पवृक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पूर्ण सेयर सदस्य तथा सदस्यका परिवार र सहकारीका कर्मचारीले कास्की मोडल हस्पिटल प्रा.लिबाट प्रदान गर्ने सबै किसिमका स्वास्थ्य सेवामा न्यूनतम ५ प्रतिशत देखि २५ प्रतिशत सम्म छुट सुविधा प्राप्त गर्न सक्नेछन । २४ घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ डाक्टरहरुबाट सबै प्रकारका रोगको उपचार सेवा, आधुनिक ल्याव, डिजिटल एक्स रे , आधुनिक शल्यक्रिया कक्ष, फार्मेसी र आदि इत्यादिमार्फत सेवा प्रदान गरिरहेको कास्की मोडल हस्पिटलको यो विशेष छुट सुविधाबाट सहकारीका शेयर सदस्य, कर्मचारी र परिवार लाभान्वित हुने कल्पवृक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष तुलसी प्रसाद पोख्रेलले बताउनुभयो ।