कल्पवृक्ष सहकारीको १२औ साधारण सभा सम्पन्न

कल्पवृक्ष सहकारीको  १२औ  साधारण सभा सम्पन्न

कल्पवृक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औ वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तुलसी प्रसाद पोख्रेलको अध्यक्षता सम्पन्न भएको उत्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेशका अर्थमन्त्री माननिय रामजी बराल, बिशेष अतिथि कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बराल, अतिथि धुब्र प्रसाद रेग्मी र खेम नारायण पौडेलको उपस्थितिमा सम्पन्न सभामा अध्यक्ष, सचिव,कोषाध्यक्ष र लेखा समिति संयोजकले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन माथी छलफल गरि सर्वसम्मतीले पारित गरिएको बताइएको छ ।

 

सभामा आफ्नो भनाई प्रस्तुत गर्दै प्रमुख अतिथि माननिय रामजी बरालले कल्पवृक्ष साकोस कास्कीका सहकारीहरु मध्ये अग्रणी सहकारीका रुपमा स्थापीत भएकोमा खुसी व्यक्त गर्दै अव सहकारी उत्पादनमुलक क्षेत्रमा लाग्नु पर्ने आबश्यकता रहेको बताउनुभएको थियो भने कार्यक्रमका बिशेष अतिथि कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बरालले सहकारी क्षेत्रको बिकास, संस्थाका शेयर सदस्य तथा संचालकहरुको भुमिकाको बारेमा आफ्नो भनाई राख्नुभएको थियो ।

कार्यक्रममा कार्यक्रमका अतिथि मुक्तिनाथ बिकास बैंक, चिप्लेडुगाका शाखा प्रमुख धुब्र प्रसाद रेग्मी, अलकापु्र सहकारी संस्था लिमिटेडका अध्यक्ष खेम नारायण पौडेल,  संस्थाका बरिष्ठ सल्लाहकार उमकान्त पोख्रेल, निवर्तमान अध्यक्ष बलराम अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष गिरिधारी पोख्रेल, धन्यवाद मन्तव्य व्यवस्थापक अर्जुन कुमार पौडेलले गर्नुभएको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव सुर्यप्रसाद पोख्रेलले गर्नुभएको थियो ।